के फागुनमा अनमोल केसीसंगको चलचित्र रिलिज गर्दै हो कृषा?
अभिनेत्री कृषा चौलागाईले निर्देशन गरेको चलचित्र ‘पिताम्बर’ बर्ष २०८१ को अन्तिममा रिलिज भएको थियो। एक्सन जनराको मल्टीस्टारर चलचित्र अहिले पनि बक्स अफिसमा चलिरहेको छ। कृषाले चलचित्रबाट प्रसंशा पाइरहेकी छिन्। उनै कृषा अव नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छिन्। फागुन महिनामा रिलिजको चर्चा सहित नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छिन्। सामाजिक संजालमा सार्वजनिक नयाँ तस्विरमा कृषा, छायांकार पुरुषोत्तम प्रधान र वितरक रोहित कट्टेल छन्। उनले, यो वर्षको फागुनमा भेटौँला भन्दै पोष्ट गरेका छन्।

त्यस्तै अर्को एक तस्विरमा अभिनेता अनमोल केसी संग कृषा र पुरुषोत्तम देखिएका छन्। कृषाले केहि समय अगाडी प्रदिप खड्का, अनमोल केसी र समिर भट्टलाई लिएर चलचित्र बनाउने तयारी गर्ने बताएकी छिन्। ‘पिताम्बर’ को सिक्वेल बनाउने घोषणा पनि कृषाले गरेकी छिन्। अव फागुनमा कुन चलचित्र रिलिजको तयारी कृषा रहेकी छिन् , त्यो भने खुलेको छैन। पिताम्बर भन्दा अर्को चलचित्र निर्माण गरेर फागुनमा रिलिज तयारीमा कृषा रहेको बुझिएको छ। अव यो चलचित्र अनमोलसंगको सहकार्यमा निर्माण हुन लागेको हो या अर्को कुनै त्यो भने कृषालाई नै थाह होला ?