एकै चलचित्रमा सहकार्य गर्दै प्रदिप र धिरज !


युवापुस्ताका चकलेटी हिरोहरु सधै एक आरोप खेपिरहेका हुन्छन्, त्यो हो एकअर्कासंग सहकार्य नगर्नु। चर्चामा रहेका युवा हिरोहरु एकअर्कासंग सहकार्यको लागी तयार नहुने चर्चा चल्ने गर्दछ । यस्तै हल्लालाई पछिल्लो समय चिर्दै गएका छन् कलाकारहरु। पल शाह र प्रदिप खड्काले ‘पूजार सार्की’ मा सहकार्य गरेका थिए।

अव अर्को एक चलचित्रमा प्रदिप खड्का र धिरज मगरको सहकार्य हुने भएको छ। जीवन ओलीको निर्देशनमा तयार हुने चलचित्र ‘ऐरी’ मा प्रदिप र धिरजले संगै सहकार्य गर्ने विस्वस्त श्रोतले जनाएको छ। नेपाली, हिन्दि र अंग्रेजी भाषामा निर्माण हुने बताइएको चलचित्रको छायांकन केहि समयपछि सुरु हुँदैछ। यो चलचित्रमा सोनाम तोप्देनले पनि काम गर्ने बुझिएको छ। धिरज र सोनाम चलचित्र ‘जलाकी’ मा सहकार्य गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्