भदौ १२ मा ‘कोशेढुंगा’ रिलिज तय
भदौ १२ गते रिलिज मिति तय गर्दै चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार सर्वजनिक गरेको पोष्टरमा अभिनेत्री सुरक्षा पन्तलाई फिचार्ड गरिएको छ। सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ ।

सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायत कलाकारको अभिनय छ । महिलाप्रधान चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।