‘मिरा’ मार्फत नाटकमा रेखा थापाको डेव्यु
नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापा अव नाटकमा देखिने भएकी छिन्। कान्तिपुर थिएटरले मन्चन गर्न लागेको नाटक ‘मीरा’ बाट रेखाले डेब्यु गर्न लागेकी हुन् । जेठ १५ गतेदेखि असार ७ गतेसम्म मन्चन हुने नाटक उपन्यास ‘मिरा’ मा आधारित हुनेछ। यो उपन्यासलाई दीपक सिंजालीले लेखेका छन्।

एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समेट्ने नाटकको रिहर्सल र रिडिङ सुरु भैसकेको छ । सुन्दर धितालले नाट्य रुपान्तरण र निर्देशन गर्ने नाटक दर्शक माझ प्रतिक्षित रहनसक्छ। कान्तिपुर फिल्म एकेडेमीको कान्तिपुर थिएटरलाई केहि महिना अगाडी राजेश हमालले शिलान्यास गरेका थिए।