‘आहुति’ मा साम्राज्ञीसंग गायक प्रकाश दुतराजको जोडी


छायांकनरत चलचित्र ‘आहुति’ को सुटिङ्ग सेटमा केहि दिन अगाडी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र गायक तथा अभिनेता रिहान गिरिको तस्विर देखिएको थियो। दुईजना मुख्य भूमिकामा रहेको चलचित्रमा अर्का एक सफल गायक संगै देखिएका छन्। पाँचथरमा छायांकन भैरहेको चलचित्रमा प्रकाश दुतराजसंगै देखिएका छन्। उनको यो डेव्यु चलचित्र हो ।

‘रिमै’, ‘देउरालीमा’, ‘घर कता हो बैनीको’, ‘रेशम’ जस्ता चर्चित गीत गाइसकेका उनको जोडी चलचित्रमा साम्राज्ञीसंग बाँधिएको बुझिएको छ। भवानी संग्रौलको निर्देशनमा चलचित्र तयार भैरहेको छ। चलचित्रमा साम्राज्ञी ग्रामीण महिलाको भूमिकामा देखिदैछिन्। साम्राज्ञीले आफ्नो सामाजिक संजालमा भिडियो शेयर गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्