दिपक, जितू र सितारामको भेट: के हुँदैछ संगै सहकार्य?
नेपाली चलचित्रको इतिहासमा हास्य कलाकारको टोली मिलेर रेकर्डमय चलचित्र निर्माण गरेका छन्। दिपकराज गिरि, जीतु नेपाल, केदार घिमिरे र सिताराम कट्टेलको जुगलबन्दिले ‘६ एकान ६ र ‘वडा नम्बर ६’ जस्ता सफल चलचित्र दिए । दुई चलचित्रको सहकार्यपछि सिताराम यो टीमसंग छुटिए र सामाजिक काममा बढी सक्रिय भए। पछिल्लो समय छक्का पन्जा टिमसंग जितू पनि छुट्टिए। लगातर छक्का पन्जाको सिरिज निर्माण गरिरहेको दिपक-दिपाको टिमले केहि समयको लागी सिरिजलाई बिश्राम दिएको छ। यहि बिचमा टिम भित्रका कलाकारहरु दिपकराज, दिपाश्री र केदार बाहिरी चलचित्रमा व्यस्त बनिरहेका छन्।

दिपक र जितुको कोल्डवारको चर्चा लामो समयबाट चलिरहेको छ। अव भने दिपक, जितू र सिताराम एकसाथ चलचित्रमा देखिने चर्चा रहेको छ। निर्देशक वसन्त निरौलाको निर्देशनमा तयार हुने चलचित्र ‘पांच पाण्डव’ मा यी तीनको सहकार्यको चर्चा चलिरहेको छ। सिताराम यो चलचित्रमा अनुबन्ध भैसकेका छन् भने जितूले वसन्तको चलचित्र ‘ज्वाई साब’ मा काम गरिसकेका छन्। दिपकसंग पनि केहि चरणको छलफल भैसकेको छ।

यी तीनको सहकार्यको चर्चालाई थप बल सार्वजनिक एक तस्विरले दिएको छ। पोखरमा दिपक, जितू र सिताराम एकसाथ देखिएका छन्। उनको साथमा निर्देशक निरौला पनि देखिएका छन्। यसले पनि तीनको सहकार्यलाई थप बल पुर्याएको छ।
५ जनालाई मुख्य भूमिकामा लिएर निर्माण तयारीमा रहेको चलचित्रको अफर केदार घिमिरे ‘माग्ने बुढा’ लाई पनि पुगेको बुझिएको छ। केदार यतिबेला चलचित्र ‘माइतिघर’ को सुटिङ्गमा व्यस्त रहेका छन्। यी ४ को एकै चलचित्रमा सहकार्य सम्भव भएमा नेपाली चलचित्र बजारमा अर्को एतिहासिक चलचित्र बन्ने आंकलन सुरु भएको छ ।