अमेरिकामा नीति शाह र समिर भट्टलाई डेव्यु अवार्ड


अमेरिकाको न्युयोर्कमा आयोजना भएको ‘८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड’ मा नायिका नीति शाहले सर्वोत्कृष्ट डेब्यू नायिकाको अवार्ड जितेकी छिन् भने डेव्यु नायकको अवार्ड समिर भट्टले जितेका छन्। नितीले आफ्नो पहिलो चलचित्र ‘खाजुरे ब्रो’ बाट नभएर दशैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’ बाट डेब्यू अवार्ड जितिन्। अभिनयको हिसाबले ‘ज्वाइँ साब’ बाट नीतिले राम्रो चर्चा पाएपनि आयोजकले किन यो चलचित्रबाट उनलाई डेव्यु नायिकाको अवार्ड दियो त्यो आफैमा प्रश्न गर्न लायक बिषय हो।

आफ्नो डेव्यु अभिनेत्रीको अवार्ड लिन नीति अमेरिका पुगेकी थिइन्। उनलाई अभिनेत्री पूजा चन्दले अवार्ड प्रदान गरिन्। चलचित्र ‘१२ गाउँ’ बाट समिर भट्टले डेव्यु अभिनेताको अवार्ड जिते। यो चलचित्रमा उनको एक्सन, अभिनय र डान्स सवैको प्रसंसा भएको थियो। यो अवार्ड समारोहमा नायक राजेश हमाल, कलाकार प्रशान्त ताम्राकार, संगीतकार शम्भुजित बास्कोटा पुगेका थिए । कार्यक्रममा शंकर घिमिरेले ‘तेल भिसा’ बाट ‘उत्कृष्ट निर्देशक’, स्वस्तिमा खड्काले चलचित्र ‘बेहुली फ्रेम मेघौली’ बाट उत्कृष्ट नायिका, विजय बरालले चलचित्र ‘पूर्ण बहादुरको सारंगी’बाट ‘उत्कृष्ट नायक’को अवार्ड जित्दा ‘साम्बला’ उत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्