मल्टिप्लेक्समा खुल्यो ‘ऊनको स्विटर’ को बुकिङ्ग, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया


यहि शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ऊनको स्विटर’को बूकिङ खुलेको छ । गीतसंगीतका कारण चर्चामा रहेको चलचित्रलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । प्रचार सामाग्रीले राम्रो हाइप बनाएका कारण चलचित्रको ओपनिङ्ग आकर्षक हुने अनुमान गरिएको छ । रिलिजको दिनसम्म ३ सयको हाराहारीमा चलचित्रले शो पाउने निर्माण टिमले अपेक्षा गरेको छ।


यसैबीच हिजो बुधबार गरिएको प्रिमियरमा चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ। १००० बढी आमन्त्रित पाहुनाको बिचमा गरिएको प्रिमियरमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, उपसभामुख इन्दिरा राना मगर, संसद शोभिता गौतम, अभिनेता दयाहाङ राई, सौगात मल्ल लगायत उपस्थित रहेका थिए। उपस्थित सवैले चलचित्रको मुक्त कण्ठले प्रसंसा गरेका थिए।

आर्टमाण्डु प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर लगायतका कलाकारहरूको अभिनय छ । सुजन चापागाँई र झुमा लिम्बुको संगीत रहेको चलचित्रमा नविन चौहानको लेखन तथा निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्