पाँचथरबाट सुरु भयो ‘जारी २’ को छायांकन
ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को छायांकन सुरु भएको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको सोमबारबाट पाँचथरमा छायांकन सुरु गरिएको हो। जारी कै अधिकाश कलाकार दोहोरिएको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ भने रामबाबु गुरुङ्ग चलचित्रको निर्माता हुन्।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङलेखु लगायतको अभिनय रहनेछ ।
निर्देशक सुब्बाको यो तेश्रो निर्देशकीय चलचित्र हो। जारी उनको डेव्यु चलचित्र रहेको थियो। बर्ष २०८० को सर्वाधिक कमाउने चलचित्र बनेको यसले घरेलु बक्स अफिसमा १७ करोड १७ लाखभन्दा बढीको व्यापार गरेको थियो । दशैमा ‘जारी २’ रिलिजको घोषणा यसअगाडी नै निर्माण टिमले गरिसकेको छ ।