‘के घर के डेरा : घर नं २’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने


दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।

जेठ २ गतेबाट रिलिज हुने चलचित्रले सेन्सर बोर्ड सदस्यहरुलाई भावुक बनाएको छ। केहि दृश्य र संवादहरुले भावुक बनाएको बुझिएको छ। घर र डेराको कथा भन्ने चलचित्रलाई साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । युवराज कार्की चलचित्रको कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्