‘के घर के डेराः घर नं २’ लाई सुखद शोज, कस्तो होला ओपनिङ्ग ?


सफल नामको सिक्वेल, बलियो कलाकारको लाइनअप रहेको चलचित्र ‘के घर के डेराः घर नं २’ को अग्रिम टिकट बुकिङ्ग खुलेको छ। खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा दीपेन्द्र के. खनालको निर्देशन तथा उपन्यासकार बुद्धि सागरको लेखन छ । यही कारण पनि चलचित्रलाई लिएर उत्साह निकै रहेको छ। जेठ २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको मल्टिप्ल्केसले अग्रिम बुकिङ्ग खोलेका छन्।

क्यूएफएक्सले पहिलो दिनका लागि चलचित्रलाई काठमाडौं उपत्यकामा २६ शो र उपत्यका बाहिर २४ शो गरी ५० शो बाँडेको छ । त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइले १५ शो, वान सिनेमाजले ९ शो, बिग मुभिजले ५ शो, एफक्युबले ४ शो, कीर्तिपुर सिनेप्लेक्सले २ शो, बिएसआर मुभिजले ४ शो उपलब्ध गराएका छन् । काठमाडौं र मोफसलका अझै थुप्रै हलमा बुकिङ खुल्न बाँकी रहेकाले बिहीबारसम्म चलचित्र देशभर करिब २ सय शो पाउन सक्ने देखिन्छ ।

चलचित्रको प्रचारमा पनि निर्माण टिम खटिएको छ। अभिनेता निश्चल बस्नेत र अभिनेत्री केकी अधिकारी सर्वज्मिक स्थलमा पुगेर चलचित्रको जानकारी दिदै आम मानिसलाई प्रिमियरको निम्ता बढिरहेका छन्।
प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको पनि अभिनय रहेको चलचित्रमा कृष्णबहादुर थापाको डीओपी रहेको छ। नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता युवराज कार्की हुन।

प्रतिक्रिया दिनुहोस्