यम बराल र दिपाश्री निरौलाको ‘राम प्यारी’ भिडियो सार्वजनिक


गायक यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ । भिडियोमा गायक यम बराल र अभिनेत्री दिपाश्री निरौलाको अभिनय रहेको छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलकाे प्रस्तुति रहेको म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका छन्।

गीतमा यम बरालको स्वर, डिपी खनालको शब्द र सङ्गीत शङ्कर थापा स्माइलको रहेको छ। म्युजिक भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृङ्गार, टेकेन्द्र शाहको सम्पादन, प्रेम लामाको छायांकन र दिपेश एसकेको कोरियोग्राफी रहेको छ । । गीताञ्जली शर्मा निर्मात्री रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्