प्रदर्शनमा आयो चलचित्र ‘के घर के डेरा: घर नं २’
जेठ २ गते शुक्रबारबाट चलचित्र ‘के घर के डेरा: घर नं २’ रिलिज भएको छ। दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा स्टार कलाकारको उपस्थिति रहेको छ। चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको प्रचारमा पनि निर्माण टिमले कुनै कमि हुन् दिएको छैन। तर निर्माण टिमले सोचेजस्तो बिहानीको अकुपेन्सी नदेखिएपनि दिउँसोका शोमा भने दर्शक बिस्तारै बढिरहेका छन्। अव वर्ड अफ माउथमा चलचित्रको व्यापार भर पर्नेछ। कृष्णबहादुर थापाको डीओपी रहेको चलचित्रको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।
‘ढुङ्गा देउता भयो’ गीत सार्वजनिक
यहि बीचमा निर्माण टिमले चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक गरेको छ। ‘ढुङ्गा देउता भयो’ बोलको गीत निर्माण टिमले बिहिबार सार्वजनिक गरेको हो । गीतमा उपन्यासकार बुद्धिसागरको शब्द रचना छ । सलिन मगरको स्वर रहेको गीतमा निश्चल बस्नेतको संगीत रहेको छ। यो उनको पहिलो संगीत हो। भिडियोमा प्रमुख कलाकारहरू केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र उपन्यासकार बुद्धिसागरलाई देख्न सकिन्छ ।