‘जात्रा’ टिमको ‘लालीबजार’, जोडिए नयाँ निर्देशक


‘जात्रा’ का सिरिज मार्फत स्थापित र चर्चित बनेको ब्यानार षट्कोण आर्टसले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ। प्रदिप भट्टराई, रविन्द्र सिंह बानिया , म्याक्स दिपेश खत्रीले यो ब्यानरलाई विश्वासिलो बनाएका छन् र दर्शकले यसबाट निर्मित चलचित्रलाई साथ दिईरहेका छन्।


अब यहि टिमले चलचित्र ‘लालीबजार’ निर्माणको घोषणा गरेको छ। यम थापाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री निर्माता र प्रदिप भट्टराई कार्यकारी निर्माता रहेका छन्। बाहिरि निर्देशकसंग षट्कोण आर्टसको यो पहिलो सहकार्य हो।

रोयल भिमसेनले तयार पारेको चलचित्रको थिम पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहितको गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपिस्टक ठाडो अवस्थामा छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ । दशैँ लगत्तै छायांकनमा जाने चलचित्रका कलाकारको बारेमा जानकारी गराइएको छैन।

प्रतिक्रिया दिनुहोस्