‘महाभोज’ नयाँ पोष्टरमा दया, आर्यन र खगेन्द्र


जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘महाभोज’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको पोस्टरमा चलचित्रका प्रमुख तीन जना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् ।

पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ । दयाहाङले दौरा-सुरुवाल, ढाका टोपी, र माला लगाएका छन् । उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन् । यस्तै, आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन् । यी तीनै पात्रको अनुहारको भावनाले चलचित्रमा हुने द्वन्द्व, द्वैधता र सङ्घर्षको सङ्केत दिन्छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने निर्देशन दिनेश राउतले गरेका छन्।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ। ‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्