‘महाराजधिराज’ मा बर्षा राउतको प्रवेश


चलचित्र ‘महाराजधिराज’ को कलाकार लाइनअप रोचक र बलियो बन्दै गएको छ। पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती, बर्षा शिवाकोटी, जयकिशन बस्नेत अनुबन्ध भैसकेको चलचित्र अव अर्की नायिकाको प्रवेश भएको छ। चलचित्रमा अभिनेत्रीको रुपमा बर्षा राउतको प्रवेश भएको छ ।

दुई बर्षा एकसाथ देखिन खोज्दैनन भन्ने चर्चा र हल्लाको बीचमा निर्माण टिमले दुई बर्षालाइ एकै चलचित्रमा अनुबन्ध गरेको हो।परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । टोपेन्द्र विष्ट, चक्र बहादुर केसी र रवि खड्काको लगानी रहने चलचित्रको छायांकन केहि सातामा सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्