चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा


चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक बलिराम चौहानले चलचित्रलाई निर्देशन गर्नेछन्।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् ।नरेन्द्र मैनालीले खिच्ने चलचित्रलाई सन् २०२५ भित्रै रिलिज गरेन तयारी गरेइको छ ।

उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन् । “हामी विस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौँ । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिन आउने छौँ,” निर्देशक चौहानले भने, “अहिले बजारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो चलचित्रमा हुनुहुनेछ ।”

प्रतिक्रिया दिनुहोस्