‘नरसिंहाः अवतार’ को ‘तिम्रो मात्र हुने मन छ’ गीतमा रोमान्टिक राज र सनिशा
जेठ ९ गते शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नरसिंहाः अवतार’ दर्शकका लागी प्रतिक्षित रहेको छ। राजेश हमालको कमब्याक चलचित्र भएका कारण पनि प्रतिक्षित बनिरहेको चलचित्रको अग्रिम बुकिङ्ग समेत खुलिसकेको छ। रिलिज मिति नजिकिदै गर्दा चलचित्रको टिमले नयाँ गीत सार्वजनिक गरेको छ। रोमान्टिक भाव समेटिएको ‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनिषा सुनवारको स्वर छ ।

गीतको भिडियोमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई रोमान्टिक अवतारमा देखाइएको छ । माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा राजु थापाको डीओपी छ ।
चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारहरुको अभिनय छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी छ ।