दिल्लीमा उपचार गराईरहेका मेक्सम गौडेललाई भएको के हो ?


पछिल्लो समय कमेडीमा आफुलाई स्थापित र चर्चित बनाएको नाम हो, मेक्सम गौडेल। कमेडी च्याम्पियनबाट उदाएका मेक्समले चलचित्रमा पनि अभिनय गरिसकेका छन्। पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा देखिएका गौडेल पछिल्ला केहि एपिसोडमा देखिएका छैनन्।

उनि नदेखिनुको कारण उनको स्वास्थ्य अवस्था हो। हाल उनि दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका छन्। प्याङ्क्रियाजमा घाउ भएपछि उनी उपचार र फलोअपका लागी त्यता पुगेका हुन्। उनि केहि समय अगाडी पनि सोहि बिमारीका कारण अस्पताल भर्ना भएका थिए । आज बिहानैबाट उनका सहकर्मीले आफ्नो सामाजिक संजाल मार्फत स्वस्थ्य लाभको कमान गरेपछि यो खबर बाहिरिएको हो।

प्रतिक्रिया दिनुहोस्