हजारौ दर्शकको भीडमा हात हल्लाउदै राजेश हमाल


जेठ ९ गते शुक्रबारबाट रिलिज भएको चलचित्र ‘नरसिंहाः अवतार’ महानायक राजेश हमलाको कमब्याकका कारण नै प्रतिक्षित रहेको थियो । ८ बर्षको अन्तरालपछि चलचित्रमा कमब्याक गरेका हमालले यो पटक आफ्नो चलचित्र प्रमोशनका लागी खुलेर समय दिए। दर्जनौ अन्तर्वार्ता देखि कार्यक्रमसम्म उनि सहभागी भए। सायदै उनले यति धेरै दौडधुप अन्य चलचित्रका लागी गरेका थिए होलान्।

त्यति मात्र हैन चलचित्र रिलिजपछि दर्शक भेट्न उनी शुक्रबारबाट नै हलमा पुगे। राजेशबाट सायदै यो अपेक्षा दर्शक र चलचित्रकर्मीले गरेका थिए होलान्। यसको प्रभाव चलचित्रको व्यापारमा देखिने पक्का छन् । शुक्रबार ४० प्रतिशतको अकुपेन्सी सहित सुरुवात भएको व्यापार बेलुकीसम्म ८० प्रतिशत पुगेको थियो। वितरक कारण क्रेजीले शनिवार दर्शकको राम्रो साथ पाएको बताए ।

शनिबार काठमाडौं उपत्यकामा मात्रै होइन मोफसलमा पनि महानायक हमालको क्रेज हलमा देखिएको वितरक श्रेष्ठले बताए । हलमा दर्शकको चापसँगै दर्शक प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ ।

शनिबार हमाल दर्शक भेट्न अष्टनारायण हल पुगेका थिए। यो नेपालकै सर्वाधिक दर्शक आट्ने हल हो। झन्डै १ हजार दर्शकले एकसाथ चलचित्र हेरिरहेका बेला हमाल करिव १० बर्षपछि उक्त हलमा पुगेका थिए। हल भित्र र बाहिर दर्शकको बीचमा हमाल पुगेका थिए। बिना बडीगार्ड दर्शकसंग हात मिलाउदै र हल्लाउदै पुगेका हमालले आत्मियता दर्शाएका थिए ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । चलचित्रमाराजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्