‘जन्ते बाख्रो’ को रमाइलो ट्रेलर सार्वजनिक
जेठ २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जन्ते बाख्रो’ ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा लभस्टोरी र कमेडीको मिश्रण प्रस्तुत गरिएको छ । नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा चलचित्र निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ। मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सन्तोष गौतमको लगानी रहेको छ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद, हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन रहेको छ।