कता हराए पारस बम ठकुरी उर्फ ‘कुल व्वाई’ ?


पहिलो चलचित्र ‘होस्टेल ३’ बाट नै पारस बम ठकुरी ले सफलता हासिल गरे। सामाजिक संजालमा लोकप्रियताको उचाई हासिल गरेका पारसको क्रेज हलमा पनि उस्तै देखियो। ५१ दिन मनाउदै ४ करोड बढीको कलेक्सन निर्माण टिमले गर्न सफल भयो। पारसको अभिनय पनि स्क्रिनमा ठिकठाक देखियो र अन्य निर्माता उनलाई लिएर चलचित्र निर्माणका लागी लालयित देखिए। उनको हातमा केहि स्क्रिप्ट पनि पुगे।

तर उनले अहिलेसम्म नयाँ चलचित्रमा काम गरेका छैनन्। उनी स्क्रिप्टका लागी बढी चुजी देखिएको चर्चा समेत चलिरहेको छ। तर यहा धेरै चुजी हुँदा करियरनै धर्मराएका उदाहरण धेरै छन्। पारसले पनि आफुलाई सुहाउँदो स्क्रिप्ट पर्खनु स्वभाविक हो । उनको करियरका लागी पनि यो फलदायी हुनेछ । तर चर्चा, सफलता हासिल गरेको समयमा नयाँ कामको लागी धेरै पर्खनु पनि उति फलदायी नहुन सक्छ।

प्रतिक्रिया दिनुहोस्