मोफसलमा राजेश हमाल भेट्दा देखिएको दर्शकको उत्साह


जेठ ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘नरसिंहा: अवतार’ यतिबेला हलमा चलिरहेको छ। महानायक राजेश हमालको कमब्याक चलचित्र भएको कारण पनि बिशेस रुपले हेरिएको चलचित्रलाई दर्शकले केहि हदसम्म साथ दिएका छन्। राजेश प्रति दर्शकको प्रेम चलचित्र हलमा राम्रो देखिएको छ।

हमाल हल पुग्दा देखिएको भिड र उनीसंग सेल्फी खिच्न लालायित युवापुस्ता देख्दा उनको क्रेज अझै दर्शक माझ रहेको प्रस्ट हुन्छ। महानायक हलमा दर्शक भेट्न पुगिरहेका छन्। काठमान्डौका दर्शक भेटेपछि यतिबेला महानायक सहितको टीम मोफसलका दर्शक भेट्न पुगिरहेका छन् ।

झापा, इटहरी लगायत पूर्वका हलमा दर्शक भेटेर चलचित्रको टिम यतिबेला धनगढी पुगेको छ। मोफसलमा पनि राजेशको क्रेज उस्तै देखिएको छ। सार्वजनिक तस्विरमा उनीसंग भेट्न दर्शकको उत्साह प्रस्ट देखिएको छ।

दिवाकर भट्टराई निर्देशित चलचित्रमा राजेश सहित निर शाह, सरोज खनाल, प्रशान्त ताम्रकार, नीति शाह, राजा कटुवाल, सनिशा भट्टराई, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्