‘द ब्ल्यू लाइट’ मा अर्पण थापा अनुबन्धित


चलचित्र ‘द ब्ल्यू लाइट’ को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । बलिराम चौहानले निर्देशन गर्ने चलचित्र साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुनेछ। बलिराम यो बर्षको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । थापालाई निर्माण टिमले मंगलवार अनुबन्ध गरेको हो।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’ को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने चलचित्रलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

गत मंगलवार सार्वजनिक गरिएको थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएको देख्न सकिन्छ । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ, र उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ । यद्यपि, पोस्टरले पूर्ण कथावस्तु प्रस्ट पार्दैन ।

प्रतिक्रिया दिनुहोस्