चलचित्र ‘परि’ शुभमुहर्त: दिपा, किरण देखि प्रियंकासम्मको अभिनय


चलचित्र ‘परि’ को औपचारिक निर्माण घोषणा र शुभमुहर्त भएको छ । गोविन्द गौतमको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको आज (शुक्रबार) काठमान्डौको कमलादीमा रहेको गणेशस्थान मन्दिरमा मुहर्त गरिएको हो। चलचित्रमा किरण केसी, दिपाश्री निरौला, प्रियंका कार्की, लक्ष्मी गिरि, दिनेश डिसी, संगम गौतम, निशा गौतम, जेसिका पोख्रेल लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रको निर्मातामा डा अमर नागिला, बद्रीनाथ पराजुली र डा महेन्द्र भट्ट रहेका छन् । चलचित्रको छायाकार बाबु श्रेष्ठ, एक्सन निर्देशक रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज र रामजी लामिछाने रहेका छन्।

प्रतिक्रिया दिनुहोस्