छायांकनको अन्तिम चरणमा ‘माइतिघर’
चलचित्र ‘माइतिघर’ यहि बर्षको दशैँको फूलपातीमा रिलिज हुँदैछ। मिलन तामाङ्गको निर्देशनमा तयार हुँदै रहेको चलचित्रको यतिबेला ‘माइतिघर’ बोलको शिर्ष गीतको छायांकन भैरहेको छ।

रोहित अधिकारी प्रालीको प्रस्तुतीमा रोहित अधिकारि प्रस्तुतकर्ता रहेको चलचित्रमा केदार घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्याम श्री शेर्पा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको निर्मातामा रविन शेरचन र धिरज तामाङ्ग रहेका छन्।
यो चलचित्रको क्लाइमेक्स दृश्य खिच्दा कलाकारको रुवावासी चलेर सुटिङ्ग रोकिएको खबर केहि दिन अगाडी बाहिरिएको थियो। बलियो कलाकारको लाइनअप रहेको चलचित्र दर्शकका लागी प्रतिक्षित रहिरहेको छ।