जापान पुगेर कृषाले साइन् गरिन् नयाँ चलचित्र
निर्देशक कृषा चौलागाई चलचित्र ‘पिताम्बर’ निर्देशन गरेपछि चर्चामा रहेकी छिन्। मल्टिस्टारर एक्सन चलचित्र निर्देशनपछि आफुलाई चर्चामा ल्याएकी कृषालाई होम प्रोडक्सन बाहिरका चलचित्रको अफर यतिबेला आइरहेका छन्। कृषा केहि दिन अगाडी आफ्नो चलचित्र ‘पिताम्बर’ को जापान प्रदर्शनका लागी त्यहाँ पुगेकी थिइन्। त्यहि समयमा उनले नयाँ चलचित्र साइन् गरेकी छिन्। उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन् ।

यूएनए प्रोडक्सनले निर्माण गर्ने चलचित्रमा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो चलचित्रलाई निर्माण गर्नेछ । यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो । भदौबाट छायांकन सुरु हुने चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । चलचित्रको नाम, कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ ।