‘आ बाट आमा’ मा पल शाह अनुबन्धित


चन्द्र पन्तको निर्देशनमा तयार हुने नयाँ नेपाली चलचित्र ‘आ बाट आमा’ को निर्माण घोषणा केहि समय अगाडी गरिएको थियो। आमाप्रति सन्तानको माया कति हुन्छ भन्ने देखाइने चलचित्रमा अभिनेत्री विपना थापा प्रमुख भूमिकामा अनुबन्धित भैसकेकी छिन्।

अव यो चलचित्रमा अभिनेता पल शाहको इन्ट्री भएको छ। उनी चलचित्रमा प्रमुख भूमिकामा अनुबन्ध भएको निर्माण टिमले जानकारी दिएको छ । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन् । यो चलचित्र फागुन १५ गतेबाट रिलिज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्