‘परालको आगो’ मा कालजयी गीत ‘उडिजाउँ भने म पन्छी हैन’ समाबेश हुने
निर्माणाधिन चलचित्र ‘परालको आगो’ मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत चलचित्रमा राख्नका लागि अनुमति लिएको छ।सुशिल पोखरेलको निमार्णमा बन्न लागेको चलचित्रका लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो।

चार दशक अघि निर्माण भएको ‘परालको आगो’ को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए। शान्ति ठटालको संगीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र स्व.अरुणा लामाको स्वर रहेको छ। परालको आगोका लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमती लिइएको निर्माता पोखरेलले बताए। उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ।

कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित चलचित्रमा अभिनेताद्धय जितु नेपाल,प्रकाश सपुत, अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ।