चलचित्र ‘महाराजधिराज’ मा गजित बिष्ट अनुबन्ध


परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्र ‘महाराजधिराज’ कलाकारको लाइनअप बलियो बन्दै गएको छ। पल शाह, रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, बर्षा राउत, बर्षा शिवाकोटी लगायतका कलाकार यो चलचित्रमा अनुबन्धित भैसकेका छन् ।

यहि बीचमा अर्का अभिनेता गजित बिष्ट चलचित्रमा अनुबन्ध भएका छन्। चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन् । चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । चलचित्र दशैंको फूलपातीमा रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्