‘जनै हराएको मान्छे’ को मर्मस्पशी गीत ‘आमा’ रिलिज


चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को पहिलो गीत ‘आमा’ सार्वजनिक भएको छ। आमाप्रतिको प्रेमभाव बोल्ने गीत निकै मर्मस्पर्शी बनेको छ। अर्जुन पोख्रेलको शब्द, संगीत र स्वर रहेको गीतमा मनिषा सुनारको फिमेल आवाज रहेको छ। चलचित्रका मुख्य पात्रा विजय बरालले गाउँको घर छाडेदेखि सहरमा गरेको संघर्षलाई भिडियोमा प्रस्तुत गरिएको छ। गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको बताउँछ । तर, घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ, काठमाडौं भने ठिक त्यसको विपरीत रहेको गीतले बताउँछ ।

हिमाल न्यौपानेक निर्देशनमा तयार भएको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शशांक मैनाली, कविता आले, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सुवास सिंह ठकुरी, निरू खड्का गौतम लगायतको अभिनय छ । अभिनेता मनिष राउत यो फिल्मका असोसियट निर्देशक हुन् ।

कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको चलचित्र पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो। चलचित्रका सह-निर्माताहरुमा रुपेश लामा, आरके मानन्धर, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । भदौ ६ गतेबाट चलचित्र रिलिज हुने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्