के छ पल शाहको ‘मोहर’ पोस्टरमा ?
साउनको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको नयाँ पोष्टरमा नायक पल शाहको दोहोरो अवतार देखिन्छ । पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । यता, उनी छोटो कपालको साथमा नायिका नीति शाहको अंगालोमा बाँधिएको देख्न सकिन्छ । यसले, कतै पल चलचित्रमा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ ।

‘मोहर’ लाई ‘अलिखित नियमहरुमा आधारित कथा’ भनिएको छ । चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो चलचित्रमा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । दिपेन बस्न्यातको छायांकन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।