सकियो अशोक दर्जीको ‘मन बिनाको धन’ छायांकन, रिलिज कहिले ?
बाल गायनमा आफुलाई सफल सावित गरेका अशोक दर्जीको चलचित्र ‘मन बिनाको धन’ को छायांकन सकिएको छ। सामाजिक संजालमा भाइरल बालक दर्जीलाई संगीतकार टंक बुढाथोकीले साहारा दिएका थिए। उनै टंकले छोरा जस्तै गरि हुर्काइरहेका अशोकलाई प्रमुख भूमिकामा लिएर चलचित्र निर्माण गरेका हुन् । प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरियो ।

मुस्ताङ, काठमाडौं र पोखरामा २८ दिनसम्म छायांकन चलेको चलचित्रलाई गायक तथा संगीतकार टंक बुढाथोकीले निर्देशन गरेका छन्। चलचित्रमा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङको अभिनय यसमा छ ।
अशोक दर्जीको जीवन चर्चित गीत ‘मन बिनाको धन’ बाट परिवर्तन भएको थियो। आउँदो तिहारमा चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।