‘कल्ली’ पोष्टर यस्तो बन्यो, फागुनमा रिलिज तय


चलचित्र ‘कल्ली’ को फस्टलुक सार्वजनिक गरिएको छ । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्र फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा लक्ष्मण सुनारको कथा र निर्देशन रहेको छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ । यस्तै, सार्वजनिक अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको अभिनय रहेको छ। चलचित्रमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्