मोफसलका दर्शक भेट्न पश्चिम नेपालमा ‘जन्ते बाख्रो’ टिम


जेठ २३ गते शुक्रबारबाट रिलिज भएको चलचित्र ‘जन्ते बाख्रो’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। काठमान्डौका विभिन्न हलमा दर्शक भेटेर यतिबेला निर्माण टिम मोफसलका दर्शक भेट्न हिडेको छ। मंगलबार दर्शक भेट्न चलचित्रको टिम दाङ्ग पुगेको थियो। निर्माता सन्तोष गौतमका अनुसार भिएफएक्स सिनेमाज् दाङमा हमउसफुल दर्शकको साथ मिलेको छ । त्यहाँ अभिनेत्री गरिमा शर्मा र रुशा न्यौपाने पुग्दा सेल्फी र भिडियो तथा फोटो खिच्ने दर्शक रमाएका थिए । मोफसलमा दर्शकको राम्रो साथ मिलेको भन्दै उनीहरुले खुशी समेत व्यक्त गरेका थिए । बुधबार नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्ने तयारी रहेको छ।

दाङ र नेपालगञ्जमा मंगलबारका सवैजसो शो हाउसफुल छन् । निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्र पश्चिम नेपालमा सवैजसो ठाउँमा राम्रो व्यापार गरिरहेको छ । बिशेषगरी दाङ, नेपालगञ्ज र धनगढीमा राम्रो व्यापार गरेको दाबी निर्माता गौतमको छ । दर्शकको राम्रो चाप देखिएकै कारण आफु कलाकार सहित पश्चिम नेपाल पुगेको उनको भनाई छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुन् ।

प्रतिक्रिया दिनुहोस्