कमेडी टुरमा प्रदिप सहित ‘प्रकाश’ टिम, यी सहरमा हुदैछन् शो


भदौ १० गतेबाट चलचित्र प्रकाश रिलिज हुदैछ । प्रदिप खड्का स्टारर चलचित्र दर्शकका लागी प्रतिक्षित रहेको छ । चलचित्रको निर्माण टिमले चलचित्रको प्रमोशन कमेडी टुर मार्फत सुरुवात गर्ने भएको छ । बटुवा कमेडी र कमेडी टुक टुकसंगको सहकार्यमा असार ३१ गते बाट प्रकाशले कमेडी टुर सुरुवात गर्दैछ । असार ३१ र ३२ गते चितवनको भरतपुर हुदै काठमाण्डौ सहितका ६ सहरमा निर्माण टिमले कमेडी टुर सुरुवात गर्ने भएको हो ।

रिलिजको एक हप्ता अगाडी काठमाण्डौ र ललितपुरमा आएर यो टुरको समापन हुने निर्माण टिमले जानकारी दिएको छ । चितवन पश्चात श्रावण ६ र ७ मा वुटवल, १३ र १४ पोखरा, २० र २१ विराटनगर, २७ र २८ हेटौडा हुदै भदौ ३,४ र ५ मा काठमाण्डौमा आएर टुर सम्पन्न हुनेछ । यो टुरमा कमेडियनहरु आदर्श मिश्रा, आयुष श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । कार्यक्रममा हरेक शहरमा एउटा शो टिकट काटेर र अर्को निशुल्क हुनेछ। हरेक कार्यक्रममा सहभागी हुन प्रदिप खड्का र चलचित्रको कास्ट एण्ड क्रु सहभागी हुनेछन् ।
दिनेश राउत निर्देशित चलचित्रमा प्रदिपको साथमा दिया मास्के, प्रकाश घिमिरे, रेणु योगी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्