चलचित्रमा ‘भिटेन’ को मोह


चर्चित र्यापर समिर घिसिङ्ग ‘भिटेन’ र्यापको दुनियाका लागी पछिल्लो पुस्ताको चर्चामा रहेको नाम हो। आफ्ना र्यापसंगै व्यक्तिगत जीवनमा उनले गर्ने क्रियाकलापले पनि उनलाई सधै चर्चामा राख्ने गर्दछ। आफैले गाएका गीतका कारण पनि पटक पटक उनि प्रहरी हिरासतमा पुगिसकेका छन्। केहि समय अगाडी दरबारमार्गमा उनले गरेका क्रियाकलाप कसैसंग लुकेको छैन। केहि समय अगाडी उनि मुख्य भूमिकामा रहेन गरि चलचित्र ‘रत्नपार्क’ चर्चामा आएको थियो। बुढासुब्बा डिजिटलले निर्माण गर्ने यो चलचित्र उनले साईन पनि गरिसकेका थिए। तर यो चलचित्रको निर्माण प्रक्रिया कता पुग्यो अत्तोपत्तो छैन। फेरी उनले यतिबेला बुढासुब्बा डिजिटलको व्यानरमा नै बन्ने अर्को चलचित्र साईन गरेका छन् । दिपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने एक अनटाइटल प्रोजेक्टमा उनि मुख्य भूमिकामा रहनेछन्। र्याप गायनमा आफ्नो दरिलो उपस्थिति जनाएका भिटेनको चलचित्र यात्रा कस्तो बन्ने हो त्यो भने भविष्यले बताउला ।

प्रतिक्रिया दिनुहोस्