सोनाम र उपासनाको जोडी कस्तो लाग्यो?, यस्तो बन्यो ‘जलाकी’ पहिलो गीत


अशोक थापा मागरको निर्देशनमा तयार भएको चलचित्र ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार गीत सार्वजनिक गरेको हो। एसडी योगी र अन्जु पन्तको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द, संगीत निर्देशक एसडी योगी, संगीत निर्माता रिकेश गुरुङ रहेका छन्। सुरेन्द्र राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारलाई स्थान दिईएको छ।
भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् ।

सुपरहिट चलचित्र ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको यो दोस्रो चलचित्र हो । चलचित्र मङ्सिर ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउंदैछ।

चलचित्रमा सोनम ,उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

चलचित्रका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्