‘बाटुलो जुन’ को टाइटल गीतमा रोमान्टिक अनमोल र प्रिन्सी
चलचित्र ‘बाटुलो जुन’ को टाइटल गीत सार्वजनिक भएको छ । निर्माण टिमले हिजो सार्वजनिक गरेको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, एसडी योगी र सानु सुनारको स्वर रहेको छ । रोमान्टिक शैलीमा गीतको भिडियो तयार पारिएको छ ।

गीतको भिडियोमा अनमोल केसी र प्रिन्सी खतिवडाको साथमा भुवन केसी र गरिमा पन्त फिचर्ड रहेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा अनमोल र प्रिन्सीलाई भुवन र गरिमाको युवावस्थाको भूमिकामा देखाईएको छ ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र कार्तिक २६ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी, हिना नगरकोटी लगायतको अभिनय देख्न सकिनेछ । अभिनेत्री जीया केसी र भविष्य खड्का निर्माता रहेको चलचित्रमा विवेक थापा सह-निर्मातामा छन् ।








