‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ सार्वजनिक


चलचित्र ‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ । सशी शर्मा मजगैैँयाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत , एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ ।

गीतको भिडियोमा इभा गिरीको बोल्ड नृत्य रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेलाई पनि प्रस्तुत गरिएको छ । वसन्त निरौलाले निर्देशन गरेको चलचित्र काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको छ ।

चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको अभिनय रहेको छ । कार्तिक २० गतेबाट रिलिज हुने चलचित्रमा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्