चलचित्र ‘पाँच पाण्डव’ को ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ गीत सार्वजनिक
वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘पाँच पाण्डव’ को ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ बोलको गीत सार्वजनिक भएको छ । दाजुभाइबीचको भातृत्व दर्शाउने गीतमा डा. कृष्णहरि बरालको शब्द , अर्जुन पोखरेलको संगीत र सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतले दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको भावलाई प्रस्तुत गरेको छ । स्वर्गलोकका युधिष्ठिर धर्तिलोकमा रहेका आफ्ना भाइहरू समस्यमा परेपछि खोजि गर्दै आइपुगेको देखाइएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिक्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई देखाएको छ । गीतको अन्तिममा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । कार्तिक २० गतेबाट रिलिज हुने चलचित्र काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला ‘पाँच पाण्डव’ को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको अभिनय रहेको छ। ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।








