‘बाटुलो जुन’ को नयाँ गीत ‘अल्लारे ठिटो आयो है” सार्वजनिक
चलचित्र ‘बाटुलो जुन’ को नयाँ गीत ‘अल्लारे ठिटो आयो है” सार्वजनिक भएको छ । रुबै र प्रविण बेडुवालको स्वरमा रहेको डान्सिङ नम्बरमा संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन् । सार्वजनिक गीतको भिडियोमा अनमोल केसी र प्रिन्सी खतिवडा फिचर्ड रहेका छन् ।

दुवैको नोकझोकसहितको प्रेमिल केमेष्ट्री भिडियोमा आकर्षक देखिएको छ .। पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोले दर्शकको मन जित्ने पक्का देखिन्छ । कार्तिक २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा अनमोल र प्रिन्सी संगै भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई लगायतका कलाकारको अभिनय रहेको छ ।
३० देखि ४० दशकको नेपाली परिवेशमा आधारित प्रेम कथानक चलचित्रलाई भुवन केसीले निर्देशन गरेका छन् । सामिप्याराज तिमल्सेना र सरिन पोख्रेलको कथा रहेको चलचित्र सनराईज पिक्चार्जको व्यानरमा तयार भएको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । सह- निर्मातामा विवेक थापा छन् ।








