विपिन, बर्षा र महेशलाई लिएर ‘बाकस’ बन्ने


विपना थापा, बर्षा राउत र महेश त्रिपाठी प्रमुख भुमिकामा रहेको चलचित्र ‘बाकस’ को शुभमुहर्त गरिएको छ। नवरात्रिको अवसर पारेर मंगलबार ललितपुरको बंगलामुखी मन्दिरमा मुहूर्त गरिएको चलचित्रलाई नवीन पन्तले निर्देशन गर्नेछन्। दशैपछी छायांकन सुरु हुने चलचित्रले वैदेशिक रोजगारीमा जानुपर्ने नेपालीको बाध्यता र त्यसले निम्त्याएको मानवीय कहरको कथा भन्नेछ ।

पीके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा भोलाराज सापकोटा, सुपला सपकोटा, ध्रुव कोइराला, पुष्कर राउत, विक्रम बुढाथोकी, हिउँवाला गौतम, रोहित श्रेष्ठ, विमल यादव लगायतको अभिनय रहनेछ ।सुजिता चौलागाईं निर्माता रहेको चलचित्रमा राजन सिंह केसी र छत्र बहादुर खड्का सह-निर्मातामा छन् । कार्यकारी निर्माता धर्मेन्द्र पन्त हुन् ।

प्रतिक्रिया दिनुहोस्