‘सिन्दुरे जात्रा’ ट्रेलर, विजय र अञ्जनाको प्रेममा विनोद भिलेन


सरोज पौडेल निर्देशित चलचित्र ‘सिन्दुरे जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरुको प्रेमले भोग्ने नियतिको कथा सिनेमाले बोल्ने देखाइएको छ ।


‘पिरियण ड्रामा’ जनारामा बनेको चलचित्रले तात्कालिन समयमा नेपाली समाजमा पुरुषको अहममा महिला कसरी पितृसत्ताको नियम र नतिजा भोग्न विवश थिए भन्ने कुरालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर चलचित्रका तीन प्रमुख पात्र विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेको वरिपरि घुमेको छ । विजय र अञ्जनाको प्रेम, विनोदको प्रवेश र आउने उतारचढावको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ स्थापित भएको विजय बराल र निर्देशक पौडेलको पुनः सहकार्यलाई चलचित्रको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् ।

‘सिन्दुरे जात्रा’ मा विजय, अञ्जना र विनोदका साथमा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन् भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् । चलचित्र मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउंदैछ ।

प्रतिक्रिया दिनुहोस्