फ्राइडे रिलिज: पुराना पुस्ताका सफल अभिनेत्रीको बक्स अफिस भिडन्त


मङ्सिर ११ गतेबाट दुई नेपाली चलचित्र रिलिज भएका छन् । त्यसो त हरेक प्राय हप्तामा दुई-तीन चलचित्रको बक्स अफिस भिडन्त हुनु सामान्य जस्तै हो । तर यो पटकको बक्स अफिस भिडन्त भने अझ रोचक देखिएको छ । नेपाली चलचित्रका नयाँ पुस्ताको बक्स अफिस भिडन्त सामान्य जस्तै भैसक्यो । तर यो पटक भने पुराना पुस्ताका सफल अभिनेत्रीहरुको बक्स अफिस भिडन्त हुनेभएको छ ।

उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा रहेको चलचित्र ‘सारथी’ रिलिज भएको छ । आफ्नो समयमा ‘दर्पण छायाँ’ जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेको यो जोडी २० बर्ष भन्दा लामो समयपछि पर्दामा देखिदैछन् । कुमार गजुरेलको निर्देशनमा तयार भएको चलचित्रमा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता तथा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेका छन् । ‘सारथी’ ले सन्तानप्रति आमाको माया र समर्पणको कथा प्रस्तुत गरेको छ ।

यता विक्की अग्रवाल र श्रद्धा प्रसाईको निर्देशनमा तयार भएको चलचित्र ‘ककाकिकी’ मा तृप्ति नाडकर, गौरी मल्ल र रेखा थापा लगायतका कलाकारको अभिनय छ । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रमा दिया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

‘सारथी’ का प्रचार सामग्री निकै भावनात्मक हिसावका रहेका छन् भने ‘काकाकीकी’ का कन्टेन्ट रमाइला किसिमका रहेका छन् । बक्स अफिसमा पुराना अभिनेत्रीको पुरानारागमन कस्तो हुने हो त्यो भने दर्शकको हातमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्