चलचित्र ‘एक्का–३’ काे शुभमुहूर्त
रुपेश तामाङ्गको निर्देशनमा तयार हुने चलचित्र ‘एक्का–३’ काे ललितपुरस्थित कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त गरिएको छ। मङ्सिर २५ गतेबाट छायांकन सुरु हुने चलचित्र जुना फिल्म्सको ब्यानरमा निर्माण हुने छ । चलचित्रमा पूजा शर्मा, सुशील श्रेष्ठ र कविता नेपाली प्रमुख भूमिकामा रहनेछन् । यहि चलचित्र मार्फत आयशा तामाङले डेव्यु गर्दैछिन् । चलचित्रको मुहर्तमा पूजा र कविता उपस्थित रहेका थिए ।

चलचित्रमा रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ निर्माता र राजु श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्। पूजा शर्मा, सुशील श्रेष्ठ, कविता नेपाली, आयशा तामाङ, बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ।







