माघ १ मा अर्पणको ‘फेन्च किस’ , टिजर यस्तो बन्यो
माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फ्रेन्च किस’ को टिजर सार्वजनिक भएको छ । अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्रको टिजर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । टिजरमा चलचित्रमा प्रमुख दुई कलाकार अर्पण थापा र थिन्ले ल्हामोलाई केन्द्रमा राखिएको छ ।

टिजरमा उनीहरू एकअर्काप्रति आकर्षित भएको देखाइएको छ । टिजरले आधुनिक समयको प्रेम र त्यसमा आउने उतारचढावको कथा बोलेको छ ।
अर्पण थापा फिल्म प्रोडक्सन (एटीएफ) को ब्यानरमा निर्माण भएको चलचित्रमा अर्पण र थिन्लेसहित रेखा थापा, गौरी मल्ल, आयशा तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत तथा सह–निर्मातामा सुभाष बी. शाही र कान्तिपुर फिल्म एकेडेमी छन् । निर्देशक थापाको नै लेखन रहेको चलचित्रलाई सुदिप बरालले छायांकन गरेका छन् ।







