चलचित्र ‘चिरञ्जीवी भवः’ को गीत ‘जाले रुमाल’ सार्वजनिक


चलचित्र ‘चिरञ्जीवी भवः’ को गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । दीपकप्रसाद आचार्यको शब्द रहेको गीतमा बाबुल गिरिको संगीत, रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर रहेको छ ।
लोकलयको डान्डिङ नम्बरमा एक युवक र युवतीले गरेको दोहोरीलाई प्रस्तुत गरिएको छ । मौलिक शब्दहरुको प्रयोग र त्यहि अनुसारको भिडियो गीतको आकर्षक पक्ष हो ।

आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको जोडी भिडियोमा सुन्दर देखिएको छ । डेव्यु अभिनेत्री प्रसंशाको काम पनि भिडियोमा आकर्षक देखिएको छ । ‘चिरञ्जीवी भवः’ मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । ‘चिरञ्जीवी भवः’मा हरिवंश ‘चिरञ्जीवी बाजे’को क्यारेक्टरमा देखिँदैछन् । अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ ।

दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशन रहेको चलचित्र जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।

गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’ वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन् भने लेखनमा सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्