निर शाहलाई लिएर शोभित बस्नेतले ‘हजुरबाले भनेथे’ बनाउने
निर्देशक शोभित बस्नेत नयाँ चलचित्रको निर्माणमा जुटेका छन् । सान्भी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने चलचित्रको नाम ‘हजुरबाले भनेथे’ राखिएको छ । शोभित बस्नेतको चलचित्र ‘अग्निपथ’ मा समावेश ‘हजुर बाले भनेथे’ बोलको गीत निकै चर्चित रहेको छ । यहि गीतको टाइटल सापटी लिएर उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । यो चलचित्रमा निर शाह प्रमुख भूमिकामा रहनेछन् । यो चलचित्र निरले हजुरबुबाको भूमिका निर्वाह गर्नेछन् । उनको नाती को हुन् भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा .बन्धु राज वाग्ले ,रोमिन पिया ,समीर शाहीको प्रस्तुति रहने चलचित्रका निर्माता निरोज श्रेष्ठ, कार्यकारी निर्माता नवीन घायल र सह निर्माता हिमाल भण्डारी रहने छन् ।
माघ महिनामा फ्लोरमा जाने चलचित्रको छायांकन अस्ट्रेलियामा ६०% र जुम्लामा ४०% हुनेछ । चलचित्रमा दुई नायक र दुई नायिका रहने बताइएको छ ।








