‘कबड्डी ५’ को व्यापार ५ करोड पार, क्युएफएक्सले दियो सुपरहिटको ट्याग
हलमा प्रदर्शनरत चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले हलमा बम्पर प्रदर्शन गरिरहेको छ । कार्तिक ६ गतेबाट रिलिज भएको चलचित्रले हिजो बेलुकी सम्म ५ करोड भन्दा बढीको व्यापार गरिसकेको छ । निर्माता मणिराम पोख्रेलले दिएको जानकारी अनुसार हिजो १०३ शो बाँकी रहदा चलचित्रले ५ करोड ५ लाख बढीको व्यापार गरिसकेको छ । देशका अधिकांश शो हाउसफुल रहेको चलचित्रको व्यापारिक रफ्तार सुरुवाती दिन भन्दा बढी देखिएको छ । यहि बीचमा देशकै ठूलो मल्टिप्लेक्स चलचित्र हल क्युएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ । क्युएफएक्सले प्रदर्शनको तेस्रो दिन आइतबारदेखि नै चलचित्रलाई सुपरहिटको ट्याग दिएको हो ।

देशका प्रमुख ९ सहरमा रहेका क्युएफएक्सका १७ वटा हलमा चलचित्र प्रदर्शन भइरहेको छ । ती सबै हलमा दुई दिनमै चलचित्रले डेढ करोड बढी रुपैयाँको व्यापार गर्न सफल भएपछि तेस्रो दिन क्युएफएक्सले चलचित्रलाई सुपरहिटको ट्याग दिएको हो ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् ।








